निर्वाचनको मिति अविलम्व घोषणा हुनुपर्छ– राप्रपा अध्यक्ष लिङ्देन

इनेप्लिज २०७९ साउन १३ गते १०:२० मा प्रकाशित

विराटनगर, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मङ्सीरमा निर्वाचनमा गर्ने प्रतिवद्ध जनाए अनुसार अविलम्व चुनावको मिति घोषणा गर्नु पर्ने बताउनु भएको छ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सङ्घीय संसद र प्रदेश सभा सदस्य पदका लागि मङ्सीरमा निर्वाचन गर्ने हो भने आज वा भोलि मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष लिङ्देनले निश्पक्ष , स्वतन्त्र र धांधलीरहित निर्वाचन गर्नका लागि मितिको घोषणासँगै चुनावी सरकार गठन हुनुपर्नेमा जोड दिनु भयो ।

उहाँले विगतको निर्वाचनमा सत्ताको दुरुपयोग र निश्पक्षतामा कमि देखिएकोले चुनावी सरकार गठनका लागि सबैदलहरुको ध्यानाकर्षण गराउनु भयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीतिलाई सन्तुलनमा राख्नका लागि असंलग्न परराष्ट नीतिका आधारमा सरकार सञ्चालन गर्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानी महंंगी नियन्त्रण गर्न ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया