विराटनगर जुट मिल पुनः सञ्चालनका गरिने– उद्योगमन्त्री वडु

इनेप्लिज २०७९ साउन १० गते २३:३१ मा प्रकाशित

विराटनगर,१० साउन । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडुले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस सम्वन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीहरुसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने धारणा राख्नु भयो ।

मन्त्री वडुलु मुलुकमा रहेका रुग्ण उद्योगहरु जनकपुर चुरोट कारखाना, हेटौडा कपडा उद्योग लगायतहरु के कसरी सञ्चालन गर्ने सम्वन्धमा आवश्यक अनुगनमन पछि निर्णय गर्ने जानकारी दिनु भयो ।

मन्त्री वडुले मुलुकको व्यापार घाटा कम गर्ने निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरि उत्पादन वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्ने विचार राख्नु भयो ।

एक प्रश्नको जवाफमा उहाँले निजी क्षेत्रले बजेटमा कर वृद्धि सम्वन्धी गुनासो समाधान गर्ने धारणा राख्नु भयो ।

मन्त्री वडुले निजी क्षेत्रका उद्योगहरु पूर्णक्षमता सञ्चालनका लागि उद्यमीहरुलाई के कस्तो सुविधा उपलव्ध गराउनु पर्नेमा त्यस सम्वन्धमा आवश्यक छलफल गरी समाधान गर्ने विश्वास दिलाउनु भयो ।

प्रतिक्रिया