युद्धले युक्रेनलाई तोड्दैन – जेलेन्स्की

इनेप्लिज २०७९ साउन ८ गते १४:०२ मा प्रकाशित

युक्रेनमा रुसले आक्रमण गरेकोपाँच महिना पुगेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देश विजयी हुनेमा विश्वस्त रहेको बताएका छन् ।

“यो युद्धले युक्रेनलाई तोडेको छैन र यसलाई तोड्नेछैन,” जेलेन्स्कीले संचार माध्यम टेलिग्राममा भने।

उनले अगाडी भने “हामी हार मान्दैनौं। हाम्रो जे छ त्यसको रक्षा गर्नेछौं। लडाईको बाबजुद पनि आफ्नो देशमा जीवन चलेको ,उनले बताए।

जेलेन्स्कीले अमेरिका र अन्य नेटो सदस्य राष्ट्रहरूलाई रुसको अग्रगामी र युद्धको समयमा कब्जा गरेको स्वतन्त्र क्षेत्रलाई रोक्न भारी हतियार आपूर्ति गर्नको लागि आफ्नो आह्वान दोहोर्याए।

 

प्रतिक्रिया