लोपोन्मुख सोनाहा परिवार समस्यामा

देवेन्द्र सञ्ज्याल २०७९ साउन ८ गते १:४३ मा प्रकाशित

श्रावण ८, कैलाली

कैलालीको लम्कीचुहा नगरपालिका ३, वल्चौरमा रहेको मुक्त कमैया शिविरमा रहेका लोपोन्मुख सोनाहा जातिका घर परिवार यतिखेर चरम सङ्कटमा परेका छन।

कर्णालीमा वालुवा चाल्ने र माछा मारेर दैनिक जीविकोपार्जन गर्दै आएका १४ घर परिवार भोकमरीको जोखिममा परेका छन।

मुलुकभर करिब १ हजार १ सय ८२ मात्र जनसङ्ख्या रहेको उक्त जाति नेपालको वर्दिया र कैलालीमा केन्द्रित छ।

वल्चौरमा हाल सोनाहा जातिको करिव १४ घर परिवार भएता पनी आफु सबै भन्दा अप्ठेरोमा परेको बताउछन पद्मा सोनाहा। पढाईमा अब्बल रहेका एक छोरा र छोरी भएकी पद्माका श्रीमान भने विगत दश वर्षदेखी सम्पर्क विहिन भएकोले आफुलाई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको बताएकी छन।

अन्य सबै परिवारलाई विभिन्न निकायबाट थोरै भएपनी सहयोग भएता पनि आफुलाई अहिले सम्म कतैबाट पनी सहयोग नपाएको बताउदै तत्काल केही खाद्यान्न लगायतको राहतका साथै छोरा छोरीलाई पढाउन आवश्यक सहयोग गरिदिन हुन अनुरोध समेत गरेकी छन्।

सर्वोच्च अदालतले २०७२ मंसीर १६ गते सो जातिलाई लोपोन्मुख आदिवासी जनजातिको रुपमा सुचिकृत गरेको थियो भने सामाजिक सुरक्षा भत्ता समेत दिन सरकारलाई निर्देशन दिएता पनी हाल सम्म कार्यान्वयन भएको छैन।

-देवेन्द्र सञ्ज्याल

प्रतिक्रिया