विराटनगर,२८ जेठ(रासस): समुदायमा आइपर्ने वाढीपहिरो जस्ता विपदमा नागरिकको जीउधनको सफल उद्धार र सुरक्षाका लागि आज आज यहाँ एक दिने श्री भैरव गण नेपाली सेनाले विपद् व्यवस्थापन सम्वन्धी अभ्यास मनुसन–२ यहाँ सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरबको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र पहरी बल, कोशी अस्पताल, राष्ट्रिय सेवा दल , विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी मोरबद्वारा संयुक्त रुपमा विराटनगर–८ स्थित सिंघिया नदीमा नागरिक उद्धार,जीउधन सुरक्षा, स्वास्थ्य उपचार तथा पुर्नस्थापना जस्ता कार्यहरुको पूर्व अभ्यास गरिएको छ।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरीको वोटबाट नागरिकको उद्धार, विभिन्न घरेलु सामाग्री सामान प्रयोग गरी वाढीमा सुरक्षित स्थानमा लैजाने जस्ता अभ्यास प्रदर्शनी गरिएको थियो ।
यसैगरी अस्पताल र रेडक्रसका स्वयंसेवकहरुले उद्धार गरिएको नागरिकको प्राथमिक स्वास्थ्य उपचार, अस्पताल पुर्याउने व्यवस्था, आवश्यक सामाग्री वितरण लगायतका अभ्यास गरिएको थियो ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद आउने क्षेत्रको नक्साबकन, सुरक्षित उद्धार र व्यवस्थापन गरेमा नागरिकको जीउधनको सुरक्षित स्थानमा व्यवस्था गर्न सकिने बताउनु भयो ।
उहाँले प्रदेश सरकार जनताको जीउधनको सुरक्षाप्रति गम्भिर रहेको चर्चा गर्दै विपदमा सबैले एक भएर उद्धारमा कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
मोरबका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपदमा सहज उद्धारका लागि लागि पूर्व तयारीबाट सहयोग पुग्ने धारणा राख्दै उपलव्ध श्रोत साधन र उद्धार सामग्री सही व्यवस्थापन हुने विचार राख्नु भयो ।
उहाँले प्राकृति विपत्ती रोक्न सकिन्न भन्दै स्थानीय तहले विपद व्यवस्थापनका लागि बजेट छुट्याउन आग्रह गर्नु भयो ।
मोरबको थलहा गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले पूर्व अभ्यासले समयमै विपदमा परेका नागरिकको जीउधनको सुरक्षा लगायत क्षति न्यूनिकरण गर्न सकिने धारणा राख्नु भयो ।
जिल्ला प्रशासन कार्यालय मोरबले विस २०७८ साउनदेखि हालसम्म वेमौसमे वर्षाबाट मृत्यु भएका चार जनाका परिवारलाई रु दुई लाखको दरले राहत वितरण गरेको कार्यालयले जनाएको छ यस्तै सोही अवसरमा आगलागीवाट क्षति भएका दुई सय परिवारलाई राहत वितरण गरेको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला विपद व्यवस्था समितिको कोषमा अहिले रु एक करोड रकम संचित रहेको छ ।
वेमौसमी वर्षाबाट कृषकले लगाएका कृषिबाली नोक्सानी वापत पाउने क्षतिपूर्ती वापत रु ३४ करोड माग गरि गृहमन्त्रालमा पत्र पठाएको जानकारी कार्यालय दिएको छ।
प्रतिक्रिया