युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबास “फेरि युक्रेनी” हुने वाचा गरेका छन। यसैबीच रुसी सेनाहरुले दक्षिणपूर्वी क्षेत्रमा बढ्दो लाभहरू हासिल गर्न जारी राखेका छन् ।
गत शुक्रबार सम्बोधन गर्दै जेलेन्स्कीले डोनबासको वर्तमान अवस्थालाई “धेरै गाह्रो” भएको बताए । रुसले यस क्षेत्रमा लगातार आक्रमण गरि रहेको र जनशक्ति वृद्धि गरि रहेको जनाए ।
“त्यसैले हामीले हाम्रो प्रतिरक्षा बढाउनु पर्छ, हाम्रो प्रतिरोध बढाउनु पर्छ, र डोनबास फेरि युक्रेनी हुनेछ। यदि रूसले डोनबासमा सबै पीडा र विनाश ल्याए पनि हामी प्रत्येक शहर, हरेक समुदायको पुनर्निर्माण गर्नेछौं। त्यहाँ कुनै वास्तविक विकल्प छैन,” जेलेन्स्कीले जोड दिए। ।
अमेरिकी रक्षा विभागले गत शुक्रबार पत्रकार सम्मेलनमा रुसले डोनबासमा क्रमिक लाभ जारी राखेको बताएको छ।
युक्रेनले बेलायत लगायतका अन्तर्राष्ट्रिय साझेदारहरूलाई रुसको आक्रमणको सामना गर्न धेरै प्रक्षेपण प्रणालीहरू उपलब्ध गराउन आह्वान गर्न जारी राखेको छ।
प्रतिक्रिया