निर्वाचन अधिकृतलाई तालिम

इनेप्लिज २०७९ वैशाख २५ गते १०:१३ मा प्रकाशित

 

विराटनगर,२५ वैशाख।निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निश्पक्ष बनाउन मोरङका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको एक दिने प्रशिक्षण आजदेखि यहाँ शुरु भएको छ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित सो प्रशिक्षणमा मोरङका १७ पालिकाकामा खटिजाने एक हजार ६५७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागिता रहेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट कार्य गर्न निर्देशन दिनु भयो।

उहाँले शान्तिसुरक्षामा समस्या भए तत्काल निराकरण गरिने विश्वास दिलाउनु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था सबल छ भन्दै नागरिकले भयमुक्त्त भई मतदान गर्न आग्रह गर्नुभयो।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मतदान केन्द्रका अधिकृतहरुबाट कुनै पनि लापर्बाही हुन नदिन,कार्यालय दिने तालिममा विशेष ध्यान दिन,मतपत्रको ठेली गन्तीमा घटबढ हुन नदिन,मत खसाल्न सहज वातावरण सिर्जन गर्नु पर्नेमा जोड दिनु भयो।

तालिममा मोरङको उर्लावारी नगरपालिका,केराबारी गाउँपालिका,कानेपानी, मिक्लाजुङ्ग सुनवर्षी,लेटाङ,पथरी शनिश्चरे,बेलवारी,रतुवामाई,धनपालथान सुन्दरहरैच,रंगेली,ग्रामथान,जहदा,कटहरी,वुढीगंगा र विराटनगर महानगरपालिकामा खटिने अधिकृत र सहायक अधिकृतहरुको सहभागिता छ।

प्रतिक्रिया