मोहम्मद सदरुल,विराटनगर,१६ वैशाख(रासस):निजी लगानीमा स्थापना गरिएको बन्जरा एग्रो फार्म केही समय पछि नै एक उत्कृष्ट फार्मको रुपधारण गर्दैछ।
विराटनगर महानगरपालिका वडा नं १२ दरैयामा रहेको सो फार्ममा अहिलेसम्म रु.३० करोड भन्दा बढी खर्च भइसकेको वताएको छ।स्थानीय सञ्जय चापागाँई र चीनमा बस्ने निजका मामा गजेन्द्र शर्माले सो फार्म स्थापना गरेको हो।शर्मा चीनको पाँच तारे होटलमा महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्छ।चीनमा कृषिबाट भएको आर्थिक रुपान्तरको सिको गर्दै मामा भान्जा मिलेर यो एग्रो फार्म स्थापना गरेको हो।
रु.११ करोड मूल्यमा पाँच विगहा जग्गा खरिद स्थापना गरिएको सो फार्ममा अहिले ११२ वटा भारतीय उत्रत जातका होल स्टेन जर्सी गाई छन्।प्रतिगोटा रु.दुुई लाख ५० हजार मूल्य पर्ने एक गाईले दैनिक २० देखि ४५ लिटरसम्म दुग्ध दिन्छ ।फार्ममा अझै ८८ वटा गाई थप्ने र पछि यो जातको गाई यहीबाट उत्पादन गरी बिक्री गर्ने योजना रहेको बताइएको छ।
यहाँबाट बिक्री वितरण शुरुवात भएमा मैले जतिको खर्च र हैरानी अरुले नव्यहोरोस् सञ्चालक चापागाँईको भनाई छ।
दैनिक एक हजार लिटर दुग्ध बिक्री हुने सो फार्ममा दैनिक २०० लिटर दुग्धको दही र पनिर बत्रे गरेको फार्मका सञ्चालक सञ्जय चापागाँईले जानकारी दिनुभयो । दही प्रतिकेजी रु.१५० र पनिर प्रतिकेजी रु.७०० मा बिक्री हुन्छ भने दुग्ध प्रतिलिटर रु.७० मा बिक्री हुन्छ।
मासिक रु.१५ लाख आम्दानी गर्न सफल भएको सो फार्मले ३० जनालाईलाई प्रत्यक्ष रुपमा रोजगारी पनि दिएको छ।गाईको व्यवस्थित गोठ,गोबर ग्यासका लागि हज निर्माण गर्नुका साथै साइलेज बनाएर पशु आहार संरक्षण केन्द्र पनि बनाएको छ।गाईका लागि अत्यन्त पोषक मानिने फार्ममा दुई वटा साइलेज संरक्षण केन्द्र छन्।
निकै व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको देखिने फार्ममा भारतका राजस्थान निवासी सुरेन्द्र शर्मा प्राविधिकको रुपमा कार्यरत छन्।अत्यन्त अनुभवी रहेको प्राविधिकको सल्लाह र सुझावबाट नै फार्मले आफ्ना रुप परिवर्तन गर्न सफल भइरहेको सञ्चालक चापागाँईले जानकारी दिनुभयो।
फार्मको गतिविधि र लगनशीलतालाई प्रोत्साहन गर्न सङ्घीय सरकारले यसवर्ष लाइभस्टक इत्रोभेसन प्रोजेक्टबाट मिल्किङ पार्लरका लागि रु.एक करोड अनुदान पनि पाएको छ । सरकारले गरेको यसकिसिमको सहयोगले मलाई आफ्नो व्यवसाय र पेशाप्रति अझ जिम्मेवारी बनाएको बताउँने सञ्चालक शर्माले भत्रुभयो,‘कुनै समयमा विराटनगर औद्योगिक नगरीबाट चिनिन्थ्यो अब यसलाई नमुना एग्रो फार्महरुबाट चिनाउँछु।’
बन्जरा एग्रो फार्ममा अहिले दुई विगहा १० कठ्ठा जग्गामा तरकारी खेती लगाइएको छ । यहाँका युवाहरु विदेशमा तरकारी खेतीमा काम गर्न हुने यहाँ किन नहुने भनेर मैले तरकारी खेती शुरुवात गरेको हो।
भेन्टा,करेल,बन्दाकोवी,टमाटर, कांक्रा,भिण्डी, बोरी र लौका जस्ता तरकारी लगाइएको सो फार्ममा उत्पादन हुने तरकारी अर्गानिक रहेको बताइएको छ।कुनै पनि विषादी प्रयोग नगरी आफैले तयार गरेको अर्गानिक मल र विषादी मात्र प्रयोग गर्ने गरेकाले आमउपभोक्त्ताको लागि बन्जार एग्रो फार्म आकर्षण भएको छ ।
दैनिक दर्जनौँ मानिसहरु फार्म हेर्न आउने गरेकाले निकै खुशी अनुभव हुने भन्दै सञ्चालक चापागाँईले आगामी १५ दिन पछि हप्तामा २०० केजी तरकारी उत्पादन हुने भत्रुभयो।बजारका लागि कुनै समस्या नभए पनि भारतबाट आयातित हुने विषादी युक्त्त तरकारीले हाम्रो उत्पादनलाई बजारमा केही समस्या आउने गरेको र जुनदिन उपभोक्त्ता सचेत हुन्छ,त्यो दिन हाम्रो उत्पादनले बजार महत्व पाउने आशा र विश्वासमा छु।’
उहाँले फार्मको लागि आवश्यक पर्ने संरचनाहरु निर्माण गर्नु पर्दा मेघा बैंकको रु.नौ करोड क्रृण भएपनि आगामी दिनमा फार्मबाट हुने आम्दानीले सफलता मिल्ने विश्वास व्यक्त्त गर्नुभयो।
प्रदेश नं १ का कृषि सचिव मेघनाथ तिमल्सेनाले गरे के हुँदैन भत्रे उदाहरण दिएको छ बन्जरा एग्रो फार्मले र भत्रुभयो,‘ प्रदेशमा १०÷१२ वटा नमुना फार्म भित्र पर्ने यो फार्मबाट अरु पनि नागरिकले शिक्षा लिओस् र स्वदेशी उत्पादन बढाउन मद्दत मिलोस् शुभकामना छ।’
प्रतिक्रिया