रुसले सयौं बेलायती सांसदलाई प्रतिबन्ध लगाएको छ ।
रुसले डाउनिङ स्ट्रिट चीफ अफ स्टाफ (प्रमुख कर्मचारी )स्टिभ बार्कले र हाउस अफ कमन्स(सदन)का सभामुख लिन्डसे होइल लगायत बेलायती संसदका २८७ सदस्यहरूलाई प्रतिबन्ध लगाएको छ ।
रुसी विदेश मन्त्रालयले बुधबार उक्त घोषणा गरेको हो ।
प्रतिशोधात्मक कदमले राजनीतिज्ञहरूलाई रूसमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र बेलायतले मार्च ११ मा ३८६ रूसी सांसदहरूलाई प्रतिबन्ध लगाएको प्रतिक्रियामा यो कदम आएको हो ।
यी व्यक्तिहरू जसलाई अब रूसी संघमा प्रवेश गर्न अनुमति छैन भनि रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया