विराटनगर,१२ वैशाख।आसन्न स्थानीय तहको निर्वाचन–२०७९को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन्।
मनोनय दर्ता गर्नेमा पाँच राजनीतिक दलको गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट अमरेन्द्रकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ।
सोही निर्वाचनका लागि नेकपा एमालेकातर्फबाट प्रमुख पदका लागि सागर थापा र उपप्रमुखका लागि शिल्पा निराला कार्कीले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ।यसैगरी,राप्रपाबाट प्रमुख पदका लागि प्रल्हाद साह र उपप्रमुख पदका लागि बिन्दा लुइँटेल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ।
यस अघि स्वतन्त्र उम्मेदवारको रुपमा दमदार पूर्व जसपाका जिल्ला तहका नेता उमेश यादवले प्रमुख पदका लागि मनोनय दर्ता गर्नुभएको छ।
मनोनयन दर्ता गदै नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदाका आकांक्षी नागेश कोइरालाले विराटनगलाई सफा सहरको रुपमा विकास गरी महानगरवासीलाई महानगर जस्ता अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।
यस्तै,नेपाली कांग्रेस विपीबाट प्रमुख पदका लागि रामचन्द्र गौतम र उपप्रमुख पदका लागि माया ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ।
नेकपा एमाले प्रमुख पदका आकांक्षी सागर थापाले शिक्षा,स्वास्थ्य,सुकुुम्बासी तथा नगरको डुबानलाई विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यस्तै,राप्रपाका तर्फबाट प्रमुख पदका आकांक्षी प्रल्हाद साहले नगरको विकाससँगै सौन्दयर्तामा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।
श्री प्रल्हाद साह बाहेक सबै उम्मेदवार नयाँ हो भने साह राजा ज्ञानेन्द शाहको शासन कालमा तत्कालीन विराटनगर उपमहानगर पािलकाको प्रमुख भएर थोरै समय काम गर्नुभएको थियो।
यसैगरी विराटनग महानगरपालिकाको सबै वडामा राजनीतिक दलका प्रतिनिधिहरुले आआफ्ना उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताको क्रममा कुनै पनि अप्रिय घटना नभएको र उम्मेदवारी दर्ता गर्न सहज वातावरण बनाएको प्रमुख निर्वाचन अधिकृत भरत लाम्सालले जानकारी दिनुभयो।उम्मेदवारी दर्ता गराउने कार्य अझै पनि जारी छ।
प्रतिक्रिया