रुसी विदेश मन्त्री सर्गेई लाभरोभले गत मंगलबार डोनबासको कारवाई “यस सम्पूर्ण विशेष कारवाईको एकदमै महत्त्वपूर्ण क्षण” भएको बताएका छन्।
उनले स्पष्ट पार्दै भने रुसी लक्ष्य स्पष्ट र सार्वजनिक रूपमा भनिएको स्मरण गराए ।
उनले अगाडी भने युक्रेनको सबै पूर्वी क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कलाई सुरक्षित गर्ने — जसका केही भागहरू रुसी समर्थित पृथकतावादीहरूले २०१४ देखि नियन्त्रण गरेका छन्।
दोस्रो उद्देश्य युक्रेनको बन्दरगाह शहर मेरिउपोलमा रहेको बाँकी प्रतिरोधलाई परास्त गर्नु हो।
रुसको रोस्तोभ क्षेत्रलाई क्रिमियासँग जोड्ने ल्यान्ड ब्रिज( सेतु भूमि )लाई सुदृढ गर्ने जसलाई रुसले आठ वर्षअघि युक्रेनबाट कब्जा गरेको थियो ,उनले भने ।
ती उद्देश्यका लागि कीभको उत्तर र पूर्वमा तैनाथ गरिएका रुसी सेनाहरू पुन: तैनाथ गरिएका छन् । र ,कतिपय अवस्थामा ठूलो क्षति बेहोरेपछि पुनर्गठन गरिएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया