रुसद्वारा युक्रेनमा आक्रमणको अर्को चरणको घोषणा

इनेप्लिज २०७९ वैशाख ६ गते १३:१२ मा प्रकाशित

रुसले युक्रेनमा आक्रमणको अर्को चरणको घोषणा गरेको छ । रुसले छिमेकी युक्रेनमा आफ्नो “विशेष सैन्य कारबाही” को अर्को चरण सुरु गर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताए।

“यो कारबाही जारी रहनेछ। यस कारबाहीको अर्को चरण सुरु हुँदैछ,” लाभरोभले मंगलबार अंग्रेजी भाषाको भारतीय संचार माध्यम इन्डिया टुडेसँगको अन्तर्वार्तामा भने। “म पक्का छु कि यो सम्पूर्ण विशेष कारवाईको एक धेरै महत्त्वपूर्ण क्षण हुनेछ।”

लाभरोभले उल्लेख गर्दै अन्तर्वार्तामा भने यो कारबाहीको लक्ष्य पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्कका रुसी समर्थित पृथकतावादी क्षेत्रहरूलाई “पूर्ण रूपमा स्वतन्त्र” गर्नु हो।”

उनले यसैमा जोड्दै भने यसलाई सुरुदेखि नै घोषणा गरिएको बताए ।

प्रतिक्रिया