विराटनगर,६ वैशाख।प्रदेश नं १ मा छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई वैशाख ६ र ७ (आज र भोलि) दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य शुरु भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ जना बालवालिकाकालाई भिटाभिन ए औषधि,एक वर्ष देखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ जुकाको औषधि, छ महिनादेखि २३ महिनासम्मका एक लाख ३१ हजार ६०५ जनालाई पोषक तत्व वितरण र छ महिना देखि पाँच वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने जानकारी दिनु भयो।
यसैगरी मोरङ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका ८४ हजार २५ जना बालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले बताउनु भयो।जिल्लाका १७ पालिकामा यो अभियानको रुपमा सञ्चालन गरिएको छ।
जिल्लामा ७५० महिला स्वयसेविकाहरुले पालिकाका वडामा रहेका केन्द्रमा बालवालिकालाई औषधि खुवाउने कार्य गर्ने उहाँले जानकारी दिनु भयो।भिटामिन ए खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रम अन्तर्गत प्रत्येक छ ÷छ महिना गरिन्छ भने यस अघि गत कात्तिक २ र ३ गते भिटामिन ए खुवाउने कार्य सम्पन्न भएको थियो।
प्रतिक्रिया