रूसी सेनाले डोनबासको लागि युद्ध सुरु गरेको छ ; जेलेन्स्की

इनेप्लिज २०७९ वैशाख ६ गते ०:०६ मा प्रकाशित

रूसी सेनाले डोनबासको लागि युद्ध सुरु गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार एक अङ्कियदृश्य(भिडियो )सम्बोधनमा बताए ।

“रूसी सेनाले डोनबासको लागि लडाई सुरु गरेको छ जसको लागि उनीहरू लामो समयदेखि तयारी गरिरहेका छन् र धेरै मात्रामा रूसी सेनाहरू त्यस आक्रमणमा केन्द्रित छन्,” जेलेन्स्कीले भने।

राष्ट्रपतिले युक्रेनी सेनाले यस क्षेत्रमा रुसी आक्रमण विरुद्ध लडाई जारी राख्ने कुरामा जोड दिए।

“उनीहरूले त्यो क्षेत्रमा जति रुसी सैनिकहरू ल्याए तापनि, हामी लडाइँ र रक्षा गरिरहनेछौं र हामी यो दैनिक गर्नेछौं। हामी युक्रेनी कुनै पनि कुरा त्याग्दैनौं तर हामीलाई हाम्रो नभएको कुनै पनि कुरा चाहिँदैन, ”जेलेन्स्कीले भने।

“म हाम्रा सबै योद्धाहरू, हाम्रा सिपाहीहरू, हाम्रा वीर शहरहरू र यस क्षेत्रका शहरहरूप्रति कृतज्ञ छु जसले प्रतिरोध र दृढतापूर्वक सामना गरि रहेका छन् ” उनले थपे।

प्रतिक्रिया