युक्रेनमा आक्रमणको कारण विदेशी प्रतिष्ठानहरू रुसबाट बाहिरिएपछि करिब २,००,००० रूसी रोजगारी जोखिममा : मस्को नगर प्रमुख

इनेप्लिज २०७९ वैशाख ५ गते १२:४५ मा प्रकाशित

रुसले युक्रेनमा आक्रमण गरे पछि विदेशी प्रतिष्ठानहरू रुसबाट धमाधम बाहिरिए पछि करिब २,००,००० (दुई लाख )रूसी रोजगारी जोखिममा परेको मस्कोका नगर प्रमुख(मेयर)ले बताए ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सोमबार एक सामाजिक संजाल निजि पत्रिका (ब्लग)मा विदेशी प्रतिष्ठानहरूले देश छोडेपछि रुसी राजधानीमा करिब २,००,००० मानिसहरूले आफ्नो जागिर गुमाउने जोखिममा परेको बताए ।

अधिकारीहरूले बेरोजगार हुने जोखिममा कामदारहरूलाई सहयोग गर्न योजनाहरू लागू गर्न जारी राख्ने र यी योजनाहरूको लागि ३.३६ बिलियन रूबल (४१ मिलियन डलर ) छुट्याउने सोब्यानिनले भने।

“हामी राजधानीको अर्थतन्त्रको दिगोपन सुधार गर्न योजना कार्यान्वयन गर्न जारी राख्छौं। योजना अनुसार, गत हप्ता हामीले बर्खास्तीको जोखिममा रहेका कर्मचारीहरूलाई समर्थन गर्ने कार्यक्रमलाई अनुमोदन गर्यौं। संघीय बजेटबाट प्राप्त हुने अनुदानलाई ध्यानमा राखी यसको कार्यान्वयनका लागि ३ अर्ब ३६ करोड रुबल विनियोजन गरिनेछ। सबै भन्दा पहिले कार्यक्रम विदेशी प्रतिष्ठानहरुको कर्मचारीहरुलाई सम्बोधन गरिएको छ जसले अस्थायी रूपमा आफ्नो गतिविधिहरुलाई निलम्बित गरेको छ वा रूस छोड्ने निर्णय गरेको छ। हाम्रो अनुमान अनुसार लगभग २००,००० मानिसहरू आफ्नो जागिर गुमाउने जोखिममा छन्, “सोब्यानिनले उक्त पत्रिकामा लेखेका छन् ।

रोजगार सहायता योजनामा ​​कर्मचारी तालिम, अस्थायी र सार्वजनिक कार्यमा रोजगारी र यी कामदारहरूलाई काम गर्ने संस्था र ब्यबसायहरूलाई प्रोत्साहन समावेश गरिएको छ, उनले थपे।

समाचार श्रोत : सिएनएन

प्रतिक्रिया