संविधान पछि वैचारिक बहस समाप्त भएको छ–अध्यक्ष त्रिपाठी

इनेप्लिज २०७९ वैशाख ४ गते १६:०८ मा प्रकाशित

 

विराटनगर,४ वैशाख।जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयस त्रिपाठीले नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको बताउनुभएको छ ।

विराटनगरमा आज साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले नेपालको राजनीतिक सहि मार्ग तर्फ उन्मुख नभएको प्रष्ट पार्दै सरकार,न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको टिप्पणी गर्नुभयो।

उहाँले उत्पादन कर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी विचौलियाहरुले गरिरहेकोमा किसान दुःखी बनिरहेको चर्चा गर्दै ६५ प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त्त गर्नुभयो।

अध्यक्ष त्रिपाठीले कृषिमा भएको लगानी सम्पूर्ण किसानलाई समेट्न नसकेको भन्दै धेरै बैंक भएर पनि कृषि माथि लगानी नगर्नु दुर्भाग्य हो भत्रुभयो।

उहाँले किसानको समस्या समाधान गर्न नीतिगत हुनु पर्ने भन्दै भ्रष्टाचार मुक्त्त सुशासन सहितको स्थानीय तहको निर्माण नै हाम्रो मूल उद्देश्य रहेको कुरामा जोड दिनुभयो।

सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीतिक बिग्रेको प्रसङ्ग उल्लेख गदै अध्यक्ष त्रिपाठीले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको स्पष्ट पार्नुभयो।

कोरोनाको चुनौतीले मुलुकमा अर्थतन्त्रमा केही समस्या देखिए पनि श्रीलङ्काको जस्तो नभएको भन्दै अध्यक्ष त्रिपाठीले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुनु पर्ने बताउनुभयो।

उहाँले अनुदान र क्रृण लिने देश नेपालमा एमसीसी परियोजना आउनु सुखद पक्ष हो भन्दै आफ्नो पार्टीको एजेण्डा जनता माझ पुग्न सक्यो भने हाम्रो सफलता हुने भत्रुभयो।

अध्यक्ष त्रिपाठीले आसत्र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने आफू पूर्ण विस्वस्त रहेको भन्दै अरु देशको सुरक्षा गर्ने नेपाल कुनै पनि देशबाट असुरक्षित नरहेको कुरामा जोड दिनुभयो।

प्रतिक्रिया