युक्रेनको माइकोलाइभका मानिसहरू धारानली क्षतिग्रस्त भएको कारण खोला र नदीको पानी प्रयोग गर्न बाध्य

इनेप्लिज २०७९ वैशाख ४ गते १२:२९ मा प्रकाशित

युक्रेनको माइकोलाइभका मानिसहरू धारानली क्षतिग्रस्त भएको कारण खोला र नदीको पानी प्रयोग गर्न बाध्य भएका छन् । दक्षिणी युक्रेनी शहर माइकोलाइभ चार दिनदेखि पानी नली (पाइप)को पानीविहीन छ, जसले मानिसहरूलाई खोला र नदीहरूको पानी प्रयोग गर्न बाध्य पारेको छ।

केही दिनअघि द्वन्द्वका क्रममा डिनिप्रोको पानी आपूर्ति गर्ने पानी नली (पाइपलाइन)मा क्षति पुगेपछि पानीको आपूर्ति बन्द भएको थियो ।

माइकोलाइभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भिटाली किमले आइतवार भने ,रुसी सेनाले समुन्द्री तटबाट क्षेप्यास्त्र (क्रुज मिसाइल) आक्रमण जारी राखेको छ।

तथापी उनले खानेपानीको समस्या छिट्टै समाधान हुने बताए ।

प्रतिक्रिया