एमाले र माओवादी केन्द्रवीच तालमेल हुनसक्ने –नेता कार्की

इनेप्लिज २०७९ वैशाख २ गते २२:४८ मा प्रकाशित

विराटनगर,२ वैशाख।नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री हिक्मतकुमार कार्कीले एमाले र माओवादी केन्द्रवीच स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना रहेको बताउनु भएको छ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाले स्थानीय तहको जिम्मेवारी स्थानीय तहलाई नै दिएको हुँदा माओवादीसँग वडा एवं पालिकामास्तरमा तालमेलको हुनसक्ने सम्भावना रहेको जानकारी दिनु भयो।पूर्वमन्त्री कार्कीले एमाल वैशाख ९ गतेभित्र उम्मेद्वारको नामको अन्तिम नाम टुङ्गो लगाउने बताउँदै राप्रपा नेपालसँगको तालमेललाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राख्नु भयो।

उहाँले प्रदेश सरकारले पूर्णरुपमा काम गर्न नसकेको आरोप लगाउँदै जनतामा प्रदेश संरचनाबारे जुन नकारात्मक धारणा थियो त्यसलाई बल पुग्ने गरि काम भैरहेको आरोप लगाउनु भयो।स्थायी कमिटी सदस्य कार्कीले प्रदेशको नामाकरण गर्ने प्रमुख जिम्मेवारी सरकारको हो भन्दै यस सम्वन्धमा एमाले आवश्यक छलफल गर्न तयार रहेको विचार राख्नु भयो।

उहाँले पालिकाको निर्वाचनमा एमाले अत्याधिक स्थानमा विजयी भै पहिलो हुने दावी गर्नु भयो।

प्रतिक्रिया