युक्रेनी संसदले रुसको कार्यलाई ‘नरसंहार’ घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । युक्रेनको संसद्, भेर्खोभना राडाले बिहीबार देशमा रूसी सेनाको कार्यलाई “नरसंहार” घोषणा गर्ने प्रस्ताव पारित गर्यो भन्दै सामाजिक संजाल ट्वीटमा प्रकाशित गरेको छ ।
अब यो स्पष्ट छ कि रुसी संघको सशस्त्र सेनाद्वारा गरिएका कार्यहरू आक्रामक अपराध मात्र होइन तर युक्रेनी राष्ट्रको व्यवस्थित र निरन्तर विनाश, यसको छुट्टै पहिचान र युक्रेनी राष्ट्रलाई यसबाट वञ्चित गर्ने उद्देश्य पनि हो।
यसका लागि युक्रेनको नरसंहारको रूपमा २४ फेब्रुअरी २०२२ मा सुरु भएको युक्रेन विरुद्ध रूसी संघको सशस्त्र आक्रमणको सबैभन्दा पछिल्लो चरणमा रूसी संघको सशस्त्र सेनाले गरेका कार्यहरूको तत्काल मान्यता आवश्यक छ , भेर्खोभना राडाको आधिकारिक संजालस्थल(वेबसाइट)मा उल्लेख गरेको छ ।
ट्वीटरमा भएको वक्तब्यले सामूहिक अत्याचार,नागरिकको जानाजानी हत्या र बालबालिकालाई रुसी भू-भागमा जबरजस्ती स्थानान्तरण गर्ने कार्यलाई नरसंहारको रूपमा लिइएको छ।
प्रतिक्रिया