युक्रेनमा रुसको आक्रमणबाट १९७ बालबालिकाको मृत्यु

इनेप्लिज २०७९ वैशाख १ गते ११:३४ मा प्रकाशित


युक्रेनमा रुसको आक्रमणबाट अहिले सम्म १९७ बालबालिकाको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनमा भएको युद्धमा करिब १९७ बालबालिकाको मृत्यु भएको छ भने ३५१ जना घाइते भएका युक्रेनी अभियोजक जनरलले बाल अभियोजकहरूको तथ्यांकलाई उद्धृत गर्दै बिहीबार बताए ।

कीभ क्षेत्रको होस्टोमेल र बुचामा १७ वर्षीय बालकको जलेको शवसँगै ४ र १० वर्षका बालबालिकाको शव भेटिएको विज्ञप्तिमा उल्लेख छ।

क्रामाटोर्स्क रेल चौकी (स्टेसन) मा रुसी आक्रमणका कारण ७ बालबालिकाहरुको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

बुधवार, युक्रेनी अभियोजक जनरलको कार्यालयका अनुसार एक १६ वर्षीया बालक र एक १० वर्षीय बालकको जलेको शव कीभको उत्तरपश्चिमी बोरोडियान्का र पश्चिमी युक्रेनको कोरोलिभका गाउँहरूमा फेला परेको जनाएका थिए।

प्रतिक्रिया