जापानले रुसमाथि थप प्रतिबन्ध लगायो ,जसमा पुटिन र लाभरोभका परिवार पनि परे

इनेप्लिज २०७८ चैत २९ गते ११:३३ मा प्रकाशित

जापानले मङ्गलबार रुस विरुद्ध थप प्रतिबन्ध लगाएको छ । जापानले राष्ट्रपति भ्लादिमिर पुटिनका दुई वयस्क छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको जापानको विदेश मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ प्रतिबन्धहरूले रुसका विदेश मन्त्री सर्गेई लाभरोभका परिवारका सदस्यहरू, अर्थात् उनकी पत्नी मारिया लाभरोभा र छोरी येकातेरिना विनोकुरोभालाई पनि लक्षित गरेको विज्ञप्तिमा उल्लेख छ।

युक्रेनमा आक्रमण सुरु भएदेखि जापानले रूस विरुद्ध लगातार आफ्नो प्रतिबन्धहरू विस्तार गरेको छ, जसमा कोइला र भोड्का जस्ता रूसी आयातहरूमा प्रतिबन्ध लगाउने, रूसमा नयाँ लगानी घटाउने र प्रमुख बैंकहरूको सम्पत्ति जफत गर्ने समावेश गरिएको छ ।

अमेरिका र बेलायत लगायत अन्य राष्ट्रले पनि पुटिन र लाभरोभका परिवारमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया