पोप फ्रान्सिसद्वारा युक्रेनमा इस्टर पर्वमा युद्धविराम गर्न आग्रह

इनेप्लिज २०७८ चैत २७ गते १४:५८ मा प्रकाशित

 

पोप फ्रान्सिसले युक्रेनमा इस्टर पर्वमा युद्धविराम गर्न आग्रह गरेका छन् । युद्धग्रस्त देशका मानिसहरूले क्रिश्चियन (इशाई)हरुको पवित्र हप्ताको लागि तयारी गरिरहेको अवस्थामा युद्धबिराम गर्न आग्रह गरेका हुन् ।

पोपको टिप्पणीहरू आइतवारको दिन सेन्ट पिटर स्क्वायरमा प्रार्थना पाठको क्रममा आएको हो । युद्ध सुरु हुन् अगाडी सम्म प्यू अनुसन्धान केन्द्र (रिसर्च सेन्टर)को २०१५ को सर्वेक्षण अनुसार युक्रेनमा लगभग ३५ मिलियन कट्टरपन्थी (अर्थोडक्स )ईसाईहरू थिए भनि जनाएको छ ।

लगभग ८० % युक्रेनीहरूले अर्थोडक्स क्रिश्चियन (कट्टरपन्थी ईसाई)हरू र अर्को १० % क्याथोलिकहरु रहेको जनाएको छ ।

“हतियारहरू तल राख्न दिनुहोस् ! इस्टर युद्धविराम सुरु गरौं,” पोप फ्रान्सिसले भने।

“म तपाईहरुसंग प्रार्थनाको साथमा छु र म सबै पक्षहरूलाई देशको भलाइको लागि विशेष गरी गरिबको लागि, सबै र संस्थाहरूको अधिकारको सम्मान गर्दै जतिसक्दो चाँडो शान्तिपूर्ण समाधान खोज्न प्रोत्साहित गर्दछु,” उनले भने।

प्रतिक्रिया