विराटनगर,२५ चैत।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज साँझ पद तथा गोपनियताको सपथ गराउनु भयो।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा.पूर्ण लोक्सोम,सदस्यहरू डा ज्ञानेन्द्रबहादुर कार्की,नारायण कोइराला,प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो।मुख्यमन्त्री राईले नवनियुक्त उपाध्यक्ष,सदस्यहरूलाई नियुक्ति पत्र पनि प्रदान गर्नुभएको छ।
सो अवसरमा मुख्यमन्त्री राईले संसद र सरकारको समयावधि अब छोटो भएकाले समय खेर नफाली आफ्नो सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न उपाध्यक्ष,सदस्यहरूलाई आग्रह गर्नुभयो।उहाँले सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको संसद र सरकारका सामु थुप्रै चुनौती रहेको स्मरण गर्दै यस प्रणालीप्रति जनतालाई निराश हुन नदिन सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उहाँहरू प्रदेश योजना आयोगमा नियुक्त हुनुभएको हो।सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरू,सचिवहरू,कर्मचारी,सञ्चारकर्मीहरु सहित योजना आयोगका नवनियुक्त पदाधिकारीका आफन्तहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया