विराटनगर,२५ चैत।नेपाली कांग्रेसका नेता एंव पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बर्तमान सरकार जनताको स्वास्थ्य सुरक्षा प्रति सजग रहेको बताउनु भएको छ।
सुनसरीको बर्जु गाउपालिका –४ मा निर्माण गर्न लागिएको ो बर्जु आधारभुत अस्पतालको आज शिलान्यास गर्नुहुदै सो कुरा बताउनु भएको हो।
पूर्व उपप्रधानमन्त्री गच्छदारले नागरिकलाई सेवा सुविधा दिने उपलव्ध गराउन गरिने विकास निर्माणको काममा राजनीति गर्नु नहुने धारणा राख्नु भयो।
उहाले सङ्घीयताको सुरन्दर पक्ष भनेको पालिकास्तरमा विकास निमार्णको कामले गति लिनु हो भन्दै सङ्घीयता र लोकतन्त्रलाई वलियो वनाउन सबैले आफनो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो।
नेता गच्छदारले यस क्षेत्रका जनतालाई सुविधा सम्पन्न अस्पताल नहुदा उपचारका लागि दुःखकष्ट भोगि विराटनगर धाउनु पर्ने अवस्थाको अव अन्त्य भएको विचार राख्नु भयो।
बर्जु गाउपालिकाका अध्यक्ष रघुनन्दन चौधरी,उपाध्यक्ष संगिताकुमारी राय तथा वडा अध्यक्षहरु किशोर चौधरी र सम्पतलाल चौधरीले अस्पताल निर्माणबाट यस क्षेत्रका नागरिकहरुले आफनो गाउँघरमा गुणस्तरीय उपचार सेवा उपलव्ध हुने विचार राख्नु भयो।उक्त अस्पताल रु २४ करोड लागतमा आगामी दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिएको छ।
दुई तल्ला निर्माण गरिने अस्पतालमा १५ शैय्या रहनुका साथै छ जना चिकित्सकले सेवा दिने गाउँपालिकाले जनाएको छ।
सो गाउँपालिकाका नागरिक विरामी हुदा उपचारका लागि विराटनगर आउने गर्दछन्।
अस्पतालका निमार्णका लागी स्थानीय जिवेश्वर यादवले निःशुल्क १५ कठ्ठा १० धुर जग्गाा उपलव्ध गराउनु हो।
प्रतिक्रिया