जेलेन्स्की र युरोपेली आयोगका अध्यक्ष उर्सुला लेयन बीच युक्रेनमा भेटघाट

इनेप्लिज २०७८ चैत २५ गते १६:५४ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलसॅग  भेटघाट गरेका छन।

जेलेन्स्कीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमा जारी गरि भेटघाट गरेको जनाएको छ।

“वार्ता छोटो समयको हुने र पछि पत्रकार सम्मेलनमा वार्ता बारे जानकारी गराईने भनि बिज्ञप्तीमा जनाईएको छ ।

बोरेल र भोन डर लेयन शुक्रबार युक्रेन पुगेका थिए।

बुचाको भ्रमणको क्रममा लेयनले त्यहाँ भएका अत्याचारका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको दायरामा ल्याइने बताईन ।

“बुचामा मेरो भ्रमण सुरु गर्नु महत्त्वपूर्ण थियो। किनभने बुचामा हाम्रो मानवता चकनाचुर भएको छ । युक्रेनी जनतालाई मेरो सन्देश: अत्याचारका लागि जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याइनेछ,” भोन डर लेयनले शुक्रबार आफ्नो आधिकारिक ट्विटर खातामा भनिन।

“तपाईको लडाई हाम्रो लडाई हो। म आज कीभमा छु कि युरोप तपाईको पक्षमा भएको उन्ले युक्रेनी जनतालाई सन्देश दिईन ।

प्रतिक्रिया