युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले थप कूटनीतिक नियोगहरू र दूतावासहरूलाई कीभ फर्काउन आह्वान गरे । र उनले टर्की र लिथुएनियालाई फिर्ताको लागि धन्यवाद दिए।
“दूतावासहरू कीभमा फिर्ता आउँदैछन्,” उनले भने । “हामीलाई प्रतीक र कूटनीतिक संकेतको स्तरमा पनि तपाईहरुको समर्थन चाहिन्छ,” उनले भने, “कृपया फिर्ता आउनुहोस्, जो सबै साहसी छन्, कृपया हाम्रो राजधानीमा फर्कनुहोस् र काम जारी राख्नुहोस्,” युक्रेनी राष्ट्रपतिले भने।
उनले कीभमा रहेका कूटनीतिक विदेशी नियोगहरूलाई भने कि यो “रुसको लागि संकेत हो कि कीभ हाम्रो हो।” “यो राजधानी हो – यो रूसको प्रान्तीय शहर होइन, तर यो हाम्रो शहर हो,” जेलेन्स्कीले भने।
उनले अगाडी भने रुसी सेना डोनबासमा सक्रिय हुँदै गएको छ र युक्रेनी साहसी भै लड्नेछ।
प्रतिक्रिया