विराटनगर,२४ चैत।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीलाई बिजयी बनाउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ।
नेपाली कांग्रेस मोरङद्वारा आज विराटनगरको हाटखोलामा आयोजित ‘घरघर जाऔ,नेकांलाई जिताऔ’अभियान अन्तर्गत आमसभामा उहाँले महाधिवेशनको तिक्तालाई विर्सेर संयुक्त रुपमा आगाडि वढेमा ७५३ पालिकामध्ये अत्याधिक क्षेत्रमा विजयी हुने दावी गर्नु भयो।
नेता कोइरालाले सरकारमा गठबन्धन दलहरुवीच निर्वाचनमा तालमेल गरी जाने सम्वन्धमा नेकां केन्द्रीय कार्य समितिले जिल्ला र क्षेत्रलाई अधिकार दिएको सोही अनुसार जानु पर्नेमा जोड दिनु भयो।
उहाँले लोकतन्त्रमा मात्र सङ्घीयता फस्टाउने भन्दै लोकतान्त्रि पार्टी नेकांले सङ्घीयतालाई बलियो बनाउने धारणा व्यक्त गर्नु भयो।
नेता कोइरालाले मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन फजुल खर्चमा कटौती गर्नुपर्नेमा जोड दिदै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीले विकासको गति अगाडि वढ्ने धारणा राख्नु भयो।
पूर्वमन्त्री मीनेन्द्र रिजालले सङ्घीयतालाई कमजोर बनाउने कार्य विगतको सरकारले गरेको विचार राख्नु भयो।
सङ्घीय सांसदद्वय डा डिला सङ्गौला, रमेशजङ्ग रायमाझी र नेकां केन्द्रीय सदस्य अमृत अर्यालले सबै जातजाति, भाषाभाषाीको सम्मान गर्ने पार्टी नेकां भएकोले यसले मुलुकको विकास एवं जनताको आर्थिक समृद्धि कायम गर्ने धारणा राख्नु भयो।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सिंहदरबारको अधिकार घरघरमा पुर्याउने कार्य नेकांले गरेकोले जनतामा यसपार्टी पूर्ण आस्था र विश्वास रहेको विचार राख्नु भयो।
नेकां मोरङ सभापति डिगवहादुर लिम्वु,पूर्व मन्त्री महेश आचार्य, उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागो,मधुबाबु तिवारी र शोभा पालुङ्वा लगायतले नेकां विधिको शासनमा प्रतिवद्ध रहेको विचार राख्नु भयो।
प्रतिक्रिया