विराटनगर,२४ चैत।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीय प्रणालीलाई वलियो बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताउनु भयो।
नेपाल पत्रकार महासङ्घ प्रदेशस्तरीय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्रको स्थापना र जनताको हक अधिकार प्राप्तिमा सञ्चार जगतको योगदानको प्रशंसा गर्नु भयो।
मुख्यमन्त्री राईले सरकार र मन्त्रीको आलोचनात्मक समाचार सम्प्रेणबाट मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने धारणा राख्नु भयो।
उहाँले सञ्चार क्षेत्रको विकासका लागि सरकोकारबालाहरुको छलपलबाट सरकारले सञ्चार व्यवस्थापन विधेयक प्रदेश सभामा पेश गरेको जानकारी दिदै यसले सञ्चारकर्मीहरुको वृत्ति विकास एवं समस्या समाधानमा सहयोग पुग्ने चर्चा गर्नु भयो ।
मुख्यमन्त्री राईले राजनीतिज्ञ र सञ्चारकर्मी मुलुका पिछडिएका नागरिकको हक हितप्रति समर्पित रहेकोले एक अर्काबीच हातेमालो गरि आगामी दिनमा हिड्नु पर्नेमा जोड दिनु भयो।
आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले सञ्चारकर्मीको संस्थागत विकास र सृदुढीकरणमा सहयोग रहने बताउँदै सरकारको गतिलाई अगाडि वढाउन सञ्चारकर्मीहरुको भूमिकाको प्रशंसा गर्नु भयो।
उहाँले प्रदेशको चालु आर्थिक वर्षको अन्तिमसम्ममा ९० प्रतिशत पूँर्जी खर्च हुन जानकारी दिदै सरकार परिवर्तनवाट कुनै पनि श्रमिजिवी पत्रकाहरुको रोजगारी नखोसिएको बताउनु भयो।
यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले आगामी आर्थिक बर्षभित्र महासङ्घका तीन भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै सञ्चारकर्मीले आर्थिक र सांस्कृतिक आन्दोलनमा कलम चलाउनु आग्रह गर्नु भयो।
उहाँले विगत दुई वर्षदेखि रोखिएको ८४ हजार जनाको सवारी चालक अनुमति पत्र आगामी दुई महिनाभित्र वितरण गर्ने जानकारी दिनु भयो।
महासङ्घका केन्द्रीय सभापति विपुल पोखरेलले नागरिकको पत्रकारिता क्षेत्रप्रति विश्वास रहेकोले सत्यतथ्यको आधारमा जिम्मेवारीपूर्ण कार्य गर्न आग्रह गर्नु भयो।
प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, उपाध्यक्षद्वय लवदेव ढुङ्गाना,हेमा चेम्जोङ्ग,प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुईटेल,समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल,प्रेस सेन्टर नेपालका प्रदेश उपाध्यक्ष नवराज कट्टेल, आदिवासी जनजाति पत्रकार महासङ्घका सन्तवीर लामा,गंगा बराल,अम्वर खड्काले ‘प्रदेश सरकार सञ्चार मैत्री’ हुनुपर्नेमा जोड दिनु भयो।
सोही अवसरमा मुख्यमन्त्री राई सञ्चारकर्मी भानुभक्त निरौलाले २५ घण्टा २६ मिनेट अन्तर्वाता लिएर विश्व कीर्तिमान राख्न सफल हुनु भएकोमा सम्मान एवं अभिनन्दन गर्नु भयो।
यसैगरी मुख्यमन्त्री राईले महासङ्घ झापा जिल्लाले निष्कासन गरेको भित्ते पात्रोको पनि सार्वजनिककरण गर्नु भयो।
एक दिने सम्मेलनमा प्रदेशका १४ जिल्लाका सभापति, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको रहेको छ।
सम्मेलनले पेशागत,सांगठनिक र सामाजिक सुरक्षा सम्वन्धमा आवश्यक सुझाव संकलन गर्नु सम्मेलनको उद्देश्य रहेको छ।
प्रतिक्रिया