बुचा “युद्ध अपराध” पछि म्याक्रोनले रूसबाट ईयूमा कोइला र तेलको निर्यात पूर्ण रूपमा रोक्ने इच्छा व्यक्त

इनेप्लिज २०७८ चैत २१ गते ११:२७ मा प्रकाशित

बुचा “युद्ध अपराध” पछि म्याक्रोनले रूसबाट युरोपियन संघ (ईयू)मा कोइला र तेलको निर्यात पूर्ण रूपमा रोक्न चाहेको बताए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी शहर बुचामा “युद्ध अपराध” भनेर वर्णन गरेको कुरा पत्ता लगाएपछि “यस हप्ता” युरोपेली संघमा कोइला र तेलको रूसी निर्यातमा पूर्ण रोक्न हेर्न “उनको इच्छा” भएको बताए।

फ्रान्सेली ब्रोडकास्टर फ्रान्स इन्टर (संचार माध्यम)मा सोमबार बोल्दै म्याक्रोनले भने ,त्यहाँ “धेरै स्पष्ट संकेतहरू” देखिएका छन् । बुचामा युद्ध अपराधहरू गरिएको छ र “यो राम्रोसँग स्थापित भएको छ , यी रूसीहरु सेना हुन् ” जो तिनीहरूका लागि जिम्मेवार छन्।

“हामी यसलाई अगाडी बढाउन दिन (स्लाइड )सक्दैनौं। त्यहाँ (बुचामा) के भएको छ, मेरिउपोलमा के भइरहेको छ त्यसलाई अस्वीकार गर्ने प्रतिबन्धहरू हामीसँग हुनुपर्छ, “उनले भने।

म्याक्रोनले थप प्रतिबन्धका सम्बन्धमा यस हप्ता आफ्ना युरोपेली साझेदारहरूसँग छलफल गर्ने बताएका छन्।

“यस्ता अपराधका पछाडि जो छन् उनीहरूले यसको जवाफ दिनुपर्छ,” उनले भने।

“यो हाम्रो सामूहिक गरिमा हो र यो हाम्रो मूल्यमान्यता हो जुन हामीले रक्षा गर्छौं भनेर स्पष्ट संकेत पठाउनुपर्छ,” उनले थपे। “न्याय बिना शान्ति हुदैन ।”

बुचामा भएका घटनाहरूको अनुसन्धानमा युक्रेनलाई सहयोग गर्न फ्रान्स तयार छ, म्याक्रोनले भने, यद्यपि उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई त्यहाँ के भएको थियो भनेर मुद्दा चलाउनु पर्छ कि भनेर बताउन अस्वीकार गरे।

प्रतिक्रिया