भुटान सरकार ले १९९० मा मानवाधिकार बिरोधी गतिविधि गर्दै आफ्ना हजारौं नागरिकलाई गिरफ़्तारी गरि कतिको ज्यान लियो,कति नारी लाई बलात्कार गर्यो, कतिलाई हाल सम्म पनि जेलमा कुहिन बाध्य गराएको छ।हजारौका संख्यामा नेपाली भाषी अझै पनि बेपत्ता भएका छन यस्तै एउटा दर्दनाक सत्य घटना लिएर गीतकार कमल धिमाल ले आफ्ना निर्दोश पिता टिकारामम धिमाललाई जेलभित्र यातना दिई मारेको कथालाई ३० बर्ष पछि भिडियो मार्फत दर्सक सामु ल्याएका छन।
चीत्कार मेरो नाम गितमा धिमालको शब्द र सिसिर योगीको आवाजमा सुरबिर पन्डित रमा थपलिया लगायतका नेपाली कलाकारले अभिनय गरेका छन।
अमेरिका र विस्व भर रहेका भुटानीहरूले यो एउटा भुटानको डर लाग्दो कु कार्यलाई पर्दामा ल्याएकोमा धिमाललाई बधाइको ओहिरो आइरहेको परिवार स्रोतले हामीलाई जानकारी दिएको छ।
जुम कन्फ्रेन्स मार्फत धिमालले यो भिडियो ४/२/२२ बेलुका ८ बजे लोकार्पण गरेका हुन।
प्रतिक्रिया