टाइफाईड (म्यादी ज्वरो)विरुद्ध खोप अभियान चैत २१ देखि– १२ लाखलाई खोप लगाइने

इनेप्लिज २०७८ चैत २० गते १४:५३ मा प्रकाशित


विराटनगर,२० चैत।प्रदेश नं १ मा उच्च जोखिममा रहेको टाइफाइड( म्यादी ज्वरो) विरुद्धको खोप अभियान यही चैत २१ गतेदेखि वैशाख १७ गतेसम्म सञ्चालन हुने भएको छ।

जनस्वास्थ्य कार्यालय धनकुटाद्वारा टाइफाइड विरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात अन्तर्गत आज यहाँ आयोजित स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घघसंस्था तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई यो रोग विरुद्धको खोपका सम्वन्धमा उनीहरुको भाषामा पर्चा, पम्पलेट सहित जनचेतना जागृत गराउनु पर्नेमा सुझाव दिनु भयो।सहभागीहरुले खोपको गम्भिरता वुझि अभियानलाईलाई सफल बनाउन सञ्चारकर्मीहरुले सहयोग गर्नुपर्ने जोड दिनु भयो।

कार्यालयका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे,मोरङ अध्यक्ष सन्जिव खनाल र टेलिभिजन पत्रकार समूहका सभापति मोहन मानन्धरले मोबाइलको रिङ्ग टोनमा अभियान सम्बन्धी जानकारी राख्न सुझाव दिनु भयो।अभियान अन्तर्गत प्रदेशका १५ महिनादेखि १५ बर्षसम्मका १२ लाख ३८ लाख ३८७ जनालाई खोप अभियानमा समेटने लक्ष्य लिएको छ।

खोप अभियान विद्यालय, वडा, टोल,तथा सार्वजनिकस्थनमा सञ्चालन गरिने निर्देशक बस्नेतले जानकारी दिनु भयो।उक्त खोप ९७ प्रतिशत प्रभावकारी र प्रदेशमा ९० प्रतिशतलाई लगाउने लक्ष्य लिएको छ।गाभि संस्थाले निशुल्क उपलव्ध गराएको उक्त खोप दक्षिणपूर्वी एशियामा अभियान सञ्चालन गर्ने नेपाल पहिलो राष्ट्र भएको सोही अवसरमा बताइयो।

प्रतिक्रिया