विराटनगर,२० चैत।विराटनगर महागरपालिकाले सेवाग्राहीलाई सहजरुपले सेवा उपलव्ध गराउन नयाँ नगर कार्यालय भवनको आजदेखि निर्माण कार्य शुरु गरियो ।
विराटनगर नगरपालिका–७ स्थित छ कठ्ठा जग्गामा रु १४ करोड ६३ लाख ५५ हजार ५९० (मूल्य अभिवृद्धि कर वाहेक)मा ४५ हजार वर्गफिटमा उक्त भवन निर्माण हुने इन्जिनियर अर्जुन थापाले जानकारी दिनु भयो।फ्रेम स्ट्रक्चरमा निर्माण हुने उक्त भवनमा लिफ्ट सहित तीन सय जना अट्ने सभाकक्ष रहने छ।
ठेकेदार कम्पनी कालिगण्डकी÷अबिस ÷बिकोन जेभिले आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।महानगरका प्रमुख भीम पराजुलीले भवनको आज शिलन्यास गर्दै भीडभाड रहित ढङ्गले सेवाग्राहीले सेवाप्राप्त गर्नुका साथै राजश्व वृद्धिमा नयाँ भवनबाट सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो।
यसैगरी जनसहभागिता सहयोगमा आजै विराटनगर विमानस्थल जाने पाँच सय मिटर सडकको शौन्दर्यकरण कार्यको महानगर प्रमुख पराजुली र उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टराईले संयुक्त रुपमा शिलन्यास गर्नु भयो।उक्त क्षेत्रमा ३० वटा ट्रोल लाइटिङ्ग सहित ह्याङ्गीङ गार्डेन,अपाङ्ग मैत्री दुवै क्षेत्रमा दुई फिट एकनासको स्ल्याप,प्लान्टेशन,जेब्रा क्रस निर्माण हुने महानगरपालिकाका पुनम दाहालले जानकारी दिनु भयो।
महानगरपालिकाको अनुदान रु ७६ लाख २७ हजार ९३० र जनसहभागिताबाट रु २८ लाख ८३ हजार ३९८ गरी जम्मा ९६ लाख ११ हजार ३२९ को लागतमा आगामी विस.२०७९ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ।महानगरप्रमुख पराजुलीले यस निर्माण कार्यले प्रदेशको एक मात्र क्षेत्रीय विमानस्थलमा स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धिका साथै आर्थिक चलयमानमा सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो।
प्रतिक्रिया