जर्मनीले रुसी इन्धनलाई रुबलमा भुक्तान गर्न अस्विकार गरे पछि पनि जर्मनीमा निरन्तर इन्धन आपूर्ति भै रहेको सरकारी अधिकारीले बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको इन्धन सम्झौताको भुक्तानी रुबलमा गर्नुपर्ने आदेशको पालना गर्न जर्मनीले अस्वीकार गरे पनि रुसी ग्यास जर्मनीमा प्रवाह भइरहेको समाचार सिएनएनले लेखेको छ ।
जर्मन सरकारका प्रवक्ताले शनिबार सिएनएनलाई भने, “इन्धन (ग्यास )जर्मनीमा आपूर्ति भै रहेको छ । आपूर्ति सुरक्षा अझै प्रत्याभूति छ।”
जर्मन सरकार आफ्ना युरोपेली साझेदारहरूसँग “नजीकको सम्पर्कमा” छ र “स्थितिलाई नजिकबाट निगरानी गर्नेछ,” प्रवक्ताले थपे।
रूसी राष्ट्रपतिले बिहीबार “अमित्र” राष्ट्रहरूलाई आफ्नो उर्जाको लागि शुक्रबारदेखि रूबलमा भुक्तान गर्न वा अत्यावश्यक आपूर्ति कटौती हुने समय सीमा अल्टिमेटम दिए। तर जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मनप्रतिष्ठानहरूले युरोमा मात्र रुसी इन्धन (ग्यास)को भुक्तानी जारी राख्ने कुरामा जोड दिए।
क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले शुक्रबार भने कि रुसले युरोपलाई तुरुन्तै ग्यास आपूर्ति बन्द नगर्ने बताए ।
प्रतिक्रिया