अमेरिकी वाणिज्य विभागले रूसको रक्षा, अन्तरिक्ष र समुद्री क्षेत्रहरू विरुद्ध थप कारबाही गर्ने

इनेप्लिज २०७८ चैत १८ गते ०:२५ मा प्रकाशित

अमेरिकी वाणिज्य विभागले रूसको रक्षा, अन्तरिक्ष र समुद्री क्षेत्रहरू विरुद्ध थप कारबाही गर्ने बताएको छ ।

ह्वाइट हाउसकी सञ्चार निर्देशक केट बेडिङफिल्डका अनुसार अमेरिकी वाणिज्य विभागले “आगामी दिनहरूमा” अमेरिकी व्यापार प्रतिबन्धको सूचीमा १२० रुसी र बेलारूसी संस्थाहरूलाई थप्ने भएको छ ।

आगामी दिनहरूमा, वाणिज्य विभागले रूस र बेलारुसका १२० संस्थाहरूलाई संस्थाको सूचीमा थपेर रुसको रक्षा, अन्तरिक्ष र समुद्री क्षेत्रहरूलाई कमजोर पार्न थप कारबाही गर्नेछ ,उनले बिहीबार पत्रकारहरूलाई भनिन ।

आक्रमण सुरु भए देखि यता २०० भन्दा ज्यादा रूसी र बेलारूसी पक्षहरूको संख्या सूची बढाएको उनले बताइन ।

बेडिङफिल्डले अगाडी भनिन सूचीमा थपिनुको अर्थ यी प्रतिष्ठानहरू वा संस्थाहरूले “अब अनुमति पत्र (लाइसेन्स) बिना अमेरिकी अत्याधुनिक प्रविधि प्राप्त गर्न सक्दैनन ।

प्रतिक्रिया