युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी युक्रेन र डोनबासको अवस्था “अत्यन्तै कठिन” रहेको बताएका छन् । उनले अगाडी भने रुसले पृथकतावादी नियन्त्रित क्षेत्रमा सैन्य कारबाहीलाई प्राथमिकता दिइरहेको छ।
बिहीबार सामाजिक सञ्जालमा प्रकाशित गरिएको एक अङ्किय दृश्य (भिडियो)मा बोल्दै जेलेन्स्कीले भने कि रुसी सेनाले “त्यहाँ कसरी आफ्नो उपस्थिति सुदृढ गर्ने भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ।”
डोनबास क्षेत्र, घेरिएको दक्षिणी शहर मेरिउपोल र उत्तरपूर्वी शहर खार्किभको दिशामा, “रूसी सेनाले आक्रमण गर्न सेना जम्मा गरिरहेको छ,” जेलेन्स्कीले चेतावनी दिएका छन् ।
बिहीबार साँझ, पेन्टागनका पत्रकार सचिव जोन किर्बीले भने “रूसीहरूले डोनबास क्षेत्रमा आफ्नो कार्यलाई पुन: प्राथमिकता दिन चाहन्छन्।”
जेलेन्स्कीले “आक्रमणकारीहरूलाई रोक्न हामीले सक्दो गर्ने युक्रेनको प्रतिबद्धता दोहोर्याए।”
प्रतिक्रिया