विराटनगर,१२ चैत।नेपाल जनस्वास्थ्य संघ प्रदेश १ नवनिर्वाचित समितिलाई आज जिम्मेवारी हस्तान्तरण गरिएको छ।स्वास्थ्य मन्त्री जयराम यादवकोे प्रमुख आतिथ्यमा विराटनगरमा आयोजित कार्यक्रममा निवनिर्वाचितलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा मन्त्री यादवले निर्विरोध निर्वाचित पदाधिकारीलाई धन्यबाद ज्ञापन गर्दै यो संस्कार राजनीतिकदलमा पनि विकास हुनपर्ने बताउनुभयो।
जनस्वास्थ्यकर्मीहरुले सहमतिमै पद र जिम्मेबारी लिदा खुसि लागेको उहाँले बताउनुभयो।प्रदेश १ स्वास्थ्य निर्देशनालय प्रमुख एवं निर्वाचन समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतले नया कार्य समितिले जनस्वास्थ्य क्षेत्रको मुद्दालाई पहिचान गरि समस्या समाधानको लागि बहस एबम पैरवी गर्नु आबस्यक रहेको बताउनु भयो।प्रदेश तालिम केन्द्र निर्देशक रोहित पाण्डे,जनस्वास्थ्य विज्ञ डा.नवराज सुब्वाले पेशागत हक हितका लागि एकजुट हुनुपर्ने बताउनुभयो।कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा.नवराज सुव्वा,जनस्वास्थ्य विज्ञ रामधन मेहता,वीफम परिवार, जनस्वास्थ्यकर्मी एवं जनस्वास्थ्य संघका निर्वमान केन्द्रीय सदस्य कैलाश खाकी श्रेष्ठलाई सम्मान गरिएको थियो।
नव निर्वाचित अध्यक्ष तथा स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख सागर प्रसाइले सहमति र सहकार्यमा कार्यक्रमह गरि सम्पूर्ण जनस्वास्थ्यकर्मी लाई एकताबद्ध गरि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिक्रिया