युक्रेनी सेनाद्वारा खेरसन लडाइँमा रुसी सेनापति मारिए

इनेप्लिज २०७८ चैत ११ गते १६:५४ मा प्रकाशित

युक्रेनी सेनाले खेरसोन लडाइँमा रुसी जनरल( सेनापति ) मारिएको जनाएको छ ।

युक्रेनी सेनाले आफ्नो सेनाले युक्रेनको दक्षिणमा रहेको खेरसन क्षेत्रको चोरनोबाइभकामा भएको लडाईमा रुसी सेनापति(लेफ्टिनेन्ट जनरल)  याकोभ रेजान्त्सेभलाई मारेको जनाएको छ ।

सेनाका अनुसार रेजान्तसेभ  रुसी संघको दक्षिणी सैन्य जिल्लाको ४९औँ सेनाका सेनापति  थिए भनि सिएनएनले समाचार लेखेको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनी दावीमा कुनै प्रतिक्रिया दिएको छैन।

युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि अहिलेसम्म ६ जना रुसी सेनापति र उप सेनापति मारिएको विश्वास गरिन्छ।

प्रतिक्रिया