रुसले आफ्नो सेनाले युक्रेनको ठूलो इन्धन भण्डारलाई पोतविहार क्षेप्यास्त्र (क्रुज मिसाइल)ले ध्वस्त गरेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले शुक्रबार रूसी सेनाले किभ नजिकैको “बाँकी इन्धन भण्डार हरू मध्ये सबैभन्दा ठूलो” ध्वस्त पारेको दाबि गरे ।
समुद्रमा प्रक्षेपण गरिएको कालिब्र क्रूज क्षेप्यास्त्रहरूद्वारा गरिएको हमला हो भनेका छन् ।
मार्च २४ को साँझ कीभ बाहिरको एक इन्धनमा हमला गरिएको” कोनासेन्कोभले भने ।
“युक्रेनी सशस्त्र बलको बाँकी रहेको सबैभन्दा ठूलो इन्धन भण्डार , जसले देशको मध्य भागमा रहेको सैन्य ईकाइहरूलाई इन्धन आपूर्ति गर्थ्यो, नष्ट भयो,” कोनाशेन्कोभले थपे।
प्रतिक्रिया