रुसी जहाज युक्रेनको बर्दियान्स्कको कब्जामा रहेको बन्दरगाहमा ध्वस्त भएको युक्रेनी नौसेनाले जनाएको छ । बिहीबार युक्रेनी नौसेनाका अनुसार दक्षिणपूर्वी युक्रेनको बर्दियान्स्कको रुसी कब्जामा रहेको बन्दरगाहमा ठूलो रुसी जहाज ध्वस्त भएको छ।
सिएनएनले नौसेनाको दावीको पुष्टि गर्न नसकेको जनाएको छ । यद्यपि सामाजिक संजाल र विभिन्न संचार माध्याका अङ्कियदृश्य (भिडियो)हरूले बन्दरगाहमा दोस्रो विस्फोटको साथ धेरै ठूलो आगो देखाएको देखिन्छ भनि सिएनएनले उल्लेख गरेको छ ।
बर्दयान्स्क एजोभ सागरमा पर्छ भने मारिउपोलबाट लगभग ४५ माइल (७० किलोमिटर) दक्षिणपश्चिममा छ। उक्त शहरमा सानो नौसेना अड्डा र लगभग १ लाख जति जनसंख्या छ ।
रुसी सेनाले पहिलो पटक फेब्रुअरी २७ मा बर्दियान्स्क सरकारी भवनहरू कब्जा गरेको थियो।
प्रतिक्रिया