विराटनगर,८ चैत ।विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा रु १० लाखको नया“ छात्रवृत्ति कोषको स्थापनाको आज घोषणा गर्नु भएको छ।
विद्यालयमा आज आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा छात्रवृत्ति प्रदान गर्दै उहाँले सो घोषणा गर्नु भएको हो।
यसअघि सोही विद्यालयमा उनी संरक्षीत सुमनदेवी गोयल छात्रबृत्तिमा रु चारलाखको अक्षयकोष रहेको छ।
संरक्षक गोयल र दाता मनोज गोयलले स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषबाट कक्षा नौ देखि १२ सम्मका प्रथम,द्धितीय र तृतीय हुने २२ जना छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गर्नु भयो।
त्यसैगरि विद्यालयले अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक स्रोतबाट १५ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ।कक्षा ११ का व्यवस्थापन, कानुन, इलेक्ट्रिसियन र शिक्षा सङ्कायका विद्यार्थीहरुलाई रु छ हजार रु १७ हजार ५०० छात्रबृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले बताउनु भयो।
समाजसेबी एवं स्व.सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषका संरक्षक गोयलले कक्षा ६ देखि ११ सम्मका छात्रछात्राहरुलाई रु ११ हजारका दरले छात्रबृत्ति प्रदान गर्नका लगि रु १० लाख नया“ छात्रबृत्ति कोष स्थापना गरेको जानकारी दिनु भयो। गोयलले सोही विद्यालयमा अध्ययन गरेकी स्व.बुहारी सुमनदेवीको स्मृतिमा उक्त्त छात्रबृत्ति घोषणा गर्नु भएको हो।
प्रतिक्रिया