विराटनगर,८ चैत।विद्यालय बाल संरक्षणलाई प्रवद्र्धन गर्न ‘स्टिक्स एण्ड स्टोन्स निर्देशिकमा आधारित प्रशिक्षक प्रशिक्षण तालीम आज यहाँ सम्पन्न भएको छ।
साझा सवालका लागि साझा मञ्च(कोकन)द्वारा आयोजित पाँच दिने उक्त तालीममा बर्जु गाउँपालिकाका १० बटा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो।
तालीमका सहभागीहरुले आआफ्नो विद्यालयमा बालबालिकालाई विभिन्न किसिमको हिंसाबाट संरक्षण गर्न,आत्मसुरक्षा,आत्मबल जगाउन सिकाईको माध्यमबाट जागरुक गराउने उद्देश्य रहेको कोकनका सुनसरी संयोजक हेमन्त पौडेलले बताउनु भयो।
बर्जु गाउँपालिकाका प्रमुख रघुनन्दन चौधरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बाल अधिकार संरक्षण र प्रवद्र्धनमा तालीमले सहयोग पु¥याउने विश्वास व्यक्त्त गर्नु भयो।
उहाँले बालबालिका भविष्यका कर्णधार भएकोले आर्दश समाज निर्माण उनीहरुको ठूलो भूमिका रहने छ भन्दै बालविवाह जस्तो समाजमा रहेको विकृति अन्त्य गर्न तालीमले सहयोग पुग्ने धारणा राख्नु भयो।
कोकनका केन्द्रीय संयोजक मन्जिता उपाध्याय,बर्जु गाउँपालिकाका प्रशासकीय अधिकृत प्रमोद चौधरी लगायतले बाल अधिकार संरक्षणमा तालीम उपयोगी हुने विश्वास व्यक्त्त गर्नु भयो।
प्रतिक्रिया