रुसले युक्रेनको अस्पतालमा आक्रमण गरे पछि बेलायती प्रधानमन्त्री द्वारा निन्दा

इनेप्लिज २०७८ फागुन २५ गते १७:५५ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युक्रेनमा बम विष्फोटको गराए पछि निन्दा गरेका छन ।

उन्ले निन्दा गर्दै भने हामी पुटिनलाई उसको भयानक अपराधको लागि कारबाही गर्नेछौं ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार दक्षिणी युक्रेनी शहर मारियुपोलमा रहेको बालबालिका र प्रसूति अस्पतालमा भएको बम विष्फोटको निन्दा गर्दै भने, “असुरक्षित र सुरक्षाहीनहरूलाई लक्षित गर्नुभन्दा धेरै खराव कुराहरू छन्।”

ट्विटमा उनले बेलायतले “हवाई आक्रमणबाट बचाउन युक्रेनलाई थप सहयोग खोजिरहेको छ र हामी पुटिनलाई उसको भयानक अपराधको लागि कारबाही गर्नेछौं,” उन्ले सामाजिक सॅजाल ट्विटरमा भने ।

मारिउपोलको नगर परिषदले सहरमा भत्किएको प्रसूति र बाल अस्पतालको श्रव्य दृश्य( भिडियो) प्रकाशन गरेको छ र रूसी सेनाले त्यहाँ आकाशबाट धेरै बम खसालेको आरोप लगाएको छ।

प्रतिक्रिया