विराटनगर,२१ फागुन।एकल महिला,जेष्ठ नागरिक,अशक्त र असहाय परिवारलाई आज यहाँ सम्मान गरिएको छ।
हलेसी महिला सशक्तिकरण सेवाकेन्द्र विराटनगर–८ ले उनीहरुलाई सम्मान गर्दै आवश्यक लत्ता कपडा वितरण गरेको छ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले सम्मान एवं साडी लगायतका आवश्यक विभिन्न प्रकारका कपडा वितरण गर्नुहुदै आफ्नो अधिकारका लागि स्थानीय तह लगायत दलहरुको नेतृत्व तहमा महिलाहरुको सहभागीमा वृद्धि हुनु आवश्यक रहेको बताउनु भयो।
उहाँले आमावुवा लगायत गरीव,अशक्त सेवा गर्नु सवैभन्दा ठुलो पुण्यको काम भएको चर्चा गर्दै असहाय तथा सडक मानवहरुको उचित व्यवस्थापन गर्न महानगरले मानवसेवा आश्रम सचालन गरिरहेको जानकारी दिनु भयो।
सो अवसरमा ५० जनाभन्दा ज्यादा महिला तथा अशक्त,असाहय र विपन्न परिवारलाई आवश्यक समाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सिता मिश्राले वताउनुभयो।
संस्थाले काभीडका समयमा आवश्यक स्वास्थ्य सुरक्षाका लागि माक्स तथा चिसोमा न्यायो कपडा वितरण गरिसकेको छ।
प्रतिक्रिया