रुसी आक्रमणमा ३५२ सर्वसाधारण मारिए ,१६८४ जना घाइते

इनेप्लिज २०७८ फागुन १५ गते २२:०७ मा प्रकाशित

युक्रेनमा भएको रुसी आक्रमणबाट ३ सय ५२ जना सर्वसाधारण मारिएका छन् ।

रुसी आक्रमणपछि युक्रेनमा मारिएका ज्ञात व्यक्तिहरुको संख्या ३५२ नागरिक रहेको युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयका अनुसार मारिनेमा कम्तीमा १४ बालबालिका रहेका छन् ।

११६ बालबालिकासहित अन्य १ हजार ६ सय ८४ जना घाइते भएका छन् ।

प्रतिक्रिया