कानूनलाई सम्मान गर्दै प्रहरीसामू उपस्थित हुँदैछु- अभिनेता शाह

इनेप्लिज २०७८ फागुन १५ गते १०:२१ मा प्रकाशित

काठमाडौं।नेपाली सिने जगतमा छोटो समयमा निकै चर्चा बटुलेका अभिनेता पल शाहलाई गायिका समिक्षा अधिकारीले बलात्कार विरुद्धको मुद्धा दायर गरे सँगै शाह आज प्रहरीकोमा आफै उपस्थित हुँदै छन्।

अभिनेता शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छ नमस्कार सबैमा,मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गित गाउछु २ गते शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु।

नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद।अभिनेता शाहले आफू विरुद्ध लागेको बलात्कारको मुद्धा अस्विकार गरेका छन्।उनले आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरि दुर्गेश थापा,सरोज ओलि,भाई कृष्ण जोशी र सम्राट चौलागाईले फसाएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए।

प्रतिक्रिया