मोरोक्कोमा इनारमा फसेका ५ बर्षिय बालकको मृत्यु

इनेप्लिज २०७८ माघ २२ गते २२:३३ मा प्रकाशित

उत्तर अफ्रिकी मूलुक मोरोक्कोमा इनारमा फसेका बालकको मृत्यु भएको छ भनि सिएनएनले समाचार लेखेको छ । मोरक्कोको राज्य समाचार सँस्था ,मगरेब अरब प्रेस र एसएनआरटीका अनुसार गत मंगलबार देखि इनारमा फसेका बालकको मृत्यु भएको जनाएका छन् ।

रायन भनिने ५ बर्षिय बालकलाई शनिबार इनारबाट उद्धार टोलीले निकालेको थियो तर उनि बच्न सकेनन भनि मोरोक्कोको राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

मोरक्कोका राजा मोहम्मद छैठौंले रायनका परिवारलाई समवेदना प्रकट गरे भनि शाही दरबारको एक छापा विज्ञप्तिमा जनाईएको छ ।

बालक शेफचाउएन प्रान्तमा १०० फिट (३० मिटर) भन्दा बढी जमिनमुनि रहेको इनारमा फसेका थिए । रायन गत मंगलबार दिउँसो इनारमा खसेको र रोएको सुनेपछि फेला परेको उनको आमाले दुई दिनपछि सरकारी स्वामित्वको अल-औला दूरदर्शन (टिभी)सँगको अन्तर्वार्तामा बताएकी थिइन् ।

उनी बेपत्ता हुनु अघि उनी नजिकै खेलिरहेका थिए भनि उनले अन्तर्वार्तामा भनेकी थिइन् । उनलाई उद्धार गर्न रोयल जेन्डरमेरीको एक चिकित्सा उदग्रबिमान (मेडिकल हेलिकप्टर)र पुनरुत्थानमा विशेषज्ञ चिकित्सा कर्मचारीहरू त्यस क्षेत्रमा तैनाथ गरिएको थियो । साथै घटनाको जानकारी पाएदेखि उद्धार र उद्धार टोली इनारको स्थानमा पुगेका थिए ।

बालकको निधन हुनु अगाडी सम्म स्थानीय सञ्चारमाध्यमले बालकलाई डोरी प्रयोग गरेर तल खसालिएको खाना र पानी लिएको बताएका थिए । उनका पिताले मलाई विश्वास छ ऊ ठीक हुनेछ, भगवानले उसलाई मद्दत गर्नु हुनेछ ,” भनेका थिए ।

प्रतिक्रिया