बेल्जियमकी १९ बर्षिय किशोरी रदरफर्ड विश्वको एक्लै उडान गर्ने सबैभन्दा कम उमेरकी महिला बनिन ,दुई किर्तिमान कायम

इनेप्लिज २०७८ माघ ९ गते २२:०८ मा प्रकाशित

बेल्जियमकी किशोरी जारा रदरफर्ड विश्वको एक्लै उडान गर्ने सबैभन्दा कम उमेरकी महिला बनेकी छिन । यो संगै उनले दुई किर्तिमान तोडेकी छिन । उनि बेलायती -बेलजियमको दोहोरो नागरिकता छ ।

रदरफर्ड एक्लै संसार घुम्ने सबैभन्दा कम उमेरकी महिला बनेकी हुन् । उनले ३२,३०० माइल अर्थात् ५२००० किलोमिटरको यात्रा तय गरेकी छिन । ४१ वटा राष्ट्रको भ्रमण पुरा गरि गत बिहीबार पश्चिमी बेल्जियमको कोर्टरिजक-वेभेलगेम विमानस्थलमा १९ वर्षीया किशोरी अवतरण गरिन ।

“मैले यो गरें,” रदरफोर्डले पत्रकारहरूलाई भनिन । उनको आगमनमा भव्य स्वागत गरिएको थियो ।

उनले सन् २०१७ मा विश्व परिक्रमा गर्दा ३० वर्षकी अमेरिकी शेस्ता वाइजले बनाएको कीर्तिमान मात्र तोडीनन उनले रदरफर्डले माइक्रोलाइट (सुक्ष्म हल्का )बिमानमा विश्व परिक्रमा गर्ने पहिलो महिलाको उपाधि पनि हासिल गरेकी छिन ।

उनी एक्लै विश्व घुम्ने पहिलो बेल्जियमको नागरिक हुन् यद्यपि किशोरीले थुप्रै चुनौतीहरूको सामना गर्नु पर्यो भनि सिएनएनले समाचार लेखेको छ ।

सबैभन्दा कठिन यात्राको स्मरण गर्ने क्षण साइबेरिया माथि उडेको बेलामा भएको बताइन । त्यहाँ अत्यन्तै चिसो थियो। जमिनमा माइनस ३५ डिग्री सेल्सियस(ऋणात्मक ) थियो ,रदरफर्डले बिहीबार एक पत्रकार सम्मेलनमा भनिन ।

“यदि यन्त्र रोकिएको भए, म उद्धारबाट घन्टौ टाढा हुने थिएँ र मलाई थाहा छैन म कति समयसम्म बाँच्न सक्थें।” उनले पत्रकारहरुलाई भनिन ।

सियाटल क्षेत्रको जंगलमा लागेको डढेलोको कारण कमजोर दृश्यताका कारण उनी रेडिङ, क्यालिफोर्नियामा अनिश्चित रुपमा अवतरण गर्न बाध्य भएकी थिइन् र पछि चीनमाथि उडान गर्ने अनुमति समेत अस्वीकार गरियो ,उनले भनिन ।

प्रतिक्रिया