रुपन्देही सेवा समाज युएईको अध्यक्षमा अमित लोहनी

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ वैशाख १७ गते २१:४१ मा प्रकाशित

दुबई । गएको २८ अप्रिल आईतबारका दिन दुबईस्थित सिल्भर स्पून रेष्टुरेण्टको हलमा रुपन्देही सेवा समाज युएईको ५औं अधिवेशन विधिवत रुपमा सम्पन्न भएको छ । पूरानो कार्यसमितिको आफ्नो कार्यकाल पूरा भएका कारण नयां कार्यसमिति चयन गर्ने हेतुले सो अधिवेशन गरिएको हो ।

उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान रहनु भएको थियो भने अधिवेशनको अध्यक्षता रुपन्देही सेवा समाज युएईका निवर्तमान अध्यक्ष टंक थापा मगरले गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।

सन् २०१४ मा रुपन्देहीवासीहरुको पहलमा “सेवा नै धर्म हो” भन्ने नारा सहित स्थापना भएको समाजले केवल युएईका मात्र नभएर नेपालमा पनि आपत विपतमा परेका पीडितहरुलाई धेरै सहयोग गरेको पाईन्छ । स्थापनाकालदेखि नै सहयोगी भावनासंगै अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै समाजलाई अगाडि बढाएको प्रत्यक्ष देखिन्छ । सोही अवसरमा समाजभित्रका विभिन्न निवर्तमान पदाधिकारीहरुलाई मायाको चिनो तथा सम्मान–पत्र दिएर सम्मानित समेत गरेका थिए ।

नयां कार्यसमिति चयन गर्नका लागि समाजका अग्रज व्यक्तित्व धर्म भट्टराईको संयोजकत्वमा सहसंयोजक निरज पाण्डे, सदस्य बाबुराम सुनार र सदस्य श्रीधर बस्याल सहितको चार सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जस्मा निर्वाचन समितिेले अमित लोहनीको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागि ३० सदस्यीय कार्यसमिति चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षको पद पहिलो बैठकमा चयन हुने व्यवस्थासंगै नयां पदाधिकारीहरुको नामावली क्रमशः यस प्रकार रहेको छ । अध्यक्षमा अमित लोहनी, उपाध्यक्षमा हेमा भण्डारी, उपाध्यक्षमा दीलिप खनाल, महिला उपाध्यक्षमा सीता पंगेनी थापा, महासचिवमा प्रकाश भण्डारी, सहसचिवमा शुष्मा सुनार, कोषाध्यक्षमा रोहित रायमाझी र सहकोषाध्यक्षमा ज्योति खनाल चयन भएका छन् भने अन्य सदस्यहरुमा कृष्ण धट्टराई, रामप्रसाद श्रेष्ठ, रुपकला सुनार, शान्ति बि.क, विनोद श्रेष्ठ, महेश्वर घिमिरे, रन्जिता कलावती, सन्तराम यादव, मुक्ति पाठक, पार्वती पाठक, ईन्दिरा अर्याल, बिष्णु पाठक, गणेश कोईराला, पवित्रा कोईराला, तारादेवी रास्कोटी, दीलु आले, बदुपति थापा मगर, प्रदीप पुन मगर, होम रजाली मगर र दालबहादुर सोमरे रहेका छन् ।

कार्यक्रमको थालनी प्रमुख अतिथि, सभाअध्यक्ष र अतिथिहरुद्धारा दीप प्रज्योलन गर्दै नेपाली राष्ट्रिय गानको लगत्तै केन्द्रीय निवर्तमान सदस्य सीता पंगेनी थापाको शुभकामना मन्तव्यबाट भएको थियो । औपचारिक कार्यक्रमको संचालन र बार्षिक प्रतिवेदन समाजका निवर्तमान महासचिव युवराज भट्टराईको रहेको थियो ।

प्रतिक्रिया