चौरासी पूजाको अवसरमा चौरासी वृक्ष रोपण र छात्रवृति स्थापना !

इनेप्लिज २०७८ मंसिर १० गते २२:३९ मा प्रकाशित

 

लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका – ४ निवासी पंडित विष्णु प्रसाद आचार्यको ८४ पूजा सम्पन्न भएको छ।उक्त ८४ पूजाका अवसरमा ८४ वृक्षहरु लगाइ ८४ उद्धानको अवधारणाको सुरुवात समेत गरिएको छ।

यसै अवसरमा चौरासी पूजाबाट सुशोभित पंडित विष्णु प्रसाद आचार्य र वहाँकी धर्मपत्नी बालादेवी आचार्यको नाममा विष्णु-बाला विद्याप्रविण क्षात्रवृतिकोष पनि स्थापना गरिएको छ।उक्त कोषबाट बुद्धभुमी नगरपालिकामा अध्ययन गर्ने जेहेन्दार छात्र छात्रालाई छात्रवृति प्रदान गरिने छ।सो छात्रवृति  एस इ इ पास गरी उच्च शिक्षा पढ्न चाहने निम्न आय भएका परिवारका जेहेन्दार विध्यार्थीलाई प्रदान गरिने कुरा छात्रवृति  कोषका संरक्षक साहित्यकार श्री होमराज आचार्यले बताउनु भयो।

त्यसैगरी ८४ पूजाको अवसरमा तुलादानमा प्रयोग भएको ६५ केजि सिक्काको अर्को छुट्टै कोष कपिलवस्तु नन्दनगर स्थित मनोकामना संस्कृत विद्यापीठ गुरुकुलमा स्थापना गरिएको छ।

८४ पूजाका अवसरमा लगाइएका विरुवाको अनुगमन स्थानिय युवा कृषक अगुवा श्री दुर्गा प्रशाद खनालले गर्ने भएका छन्।ती विरुवाहरुको बिकास एवं कार्वन स्टोरेज सम्बन्धी तथ्यांक ट्रील्यान्स पारीयोजनले लिने भएको छ।

चौरासी गरिएका पंडित आचार्यले,“चौरासी पूजाको धार्मिक मान्यता एउटा पाटो रहेको भए पनि हिन्दू सनातन धर्मका चौरासी लगायतका विभिन्न पूजाहरुलाई हजारौं वर्षको सांस्कृतिक पुंजीको रुपमा हेरिनु पर्छ” भन्नु भयो।“पूजाको अवधारणा केवल धार्मिक मात्र नभएर सामाजिक,पर्यावरणीय र संस्कृति परिष्कार एवं सामाजिक सद्भावको विकासहेतु भएको हो।” आचार्यको भनाईरहेको छ।

पंडित बिष्णु प्रसाद आचार्यले कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा आंप, निम,वर,पिपल, समी, बैंस, कटहर,जामुन जस्ता सयौं रुख रोप्नु र रोपाउनु भएको कुरा स्थानिय वासीहरुले ८४ पूजाका अवसरमा वहाँको योगदानबारे चर्चा गर्ने क्रममा बताए।

प्रतिक्रिया