काठमाडौं।नेकपा एमालेको दशौं महाधिवेशन नजिकी सँगै नेताहरु कुन पदमा उम्मेद्वारी दिने भन्ने बारेमा आन्तरिक छलफलमा जुटिरहेका छन् ।मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।
अध्यक्ष केपी शर्मा ओली विरुद्ध विद्रोह गरेर एमालेमै फर्किएका रावलले १० औं महाधिवेशनमा अध्यक्षको पदका लागि उम्मेद्वारी दिने बताएका हुन्।नेता रावले आइतबार दिउँसो तीन बजे पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेद्वारीको घोषणा गर्ने बताउनु भएको छ।दस बुँदे सहमति कार्यान्वयन नभएnपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ।
दस बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाट समेत राजीनामा दिएका थिए।एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया